मलाई राष्ट्रपति बनाउने कुरा सत्य होइन, हल्लाको पछि लाग्नु हुँदैन: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर हल्ला चलाइएको बताएका छन् ।

बिहीबार पार्टी जनवर्गीय संगठनको जुम बैठकमा अध्यक्ष नेपालले एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर भ्रम फलाइएको बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

‘एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेको छ । के हो कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ,’ नेपालले भने,‘ती बजार हल्लामा कुनै सत्यता छैन । हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले नेता घनश्याम भुसाल पार्टीमा आउन तयार रहेकोसमेत बताएका छन् । एमाले नेता भीम रावलसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी गराएको बैठकमा सहभागी नेताले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्