काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने भएका छन्।
नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन ताेडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल एमालेसहित सात दलीय गठन्धनकाे सहयाेगमा गत आइतबार तेस्राे पटक मुलुककाे प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन्।
उपप्रधानमन्त्रीसहित र चार मन्त्रीकाे सानाे मन्त्रालय गठन गरेका उनले सोमबार पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।
यस्तै, संसद्को अधिवेशन भने पुस २५ गतेका लागि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस्