शिक्षा मन्त्रालयद्धारा पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला आयोजना गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रद्धर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

- Advertisement -
Ad image

तर, केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना राखी मेलाको प्रचार गर्ने गरेको गुनासो आएकोले त्यसो नगर्न शाखाले सूचित गरेको हो।

शाखाले सूचनामा मन्त्रालयबाट पूर्व स्वीकृति नलिई कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्नरनगराउन अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्