सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पौडेल र पोखरेलको इजलासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेको क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने रिट लिएर उच्च अदालत पाटन पुगेका थिए ।

बालिका बलात्कारको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । तर लामिछानेले आफू थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै उच्च अदालत पाटनमा गत मंसिर २९ गते ७३ नम्बरको रिट लिएर गएका थिए ।

- Advertisement -
Ad image

काठमाडौं जिल्ला अदालतले दिएको थुनामा पठाउने आदेश वेरितको रहेको भन्दै लामिछानेले दायर गरेको रिटमा बिहीबार सुनुवाइका लागि क्रम सङ्ख्या ५ मा राखिएको छ । थुनुवाको रिट भएकाले बिहीबार नै सुनुवाइ र आदेश आउने सम्भावना रहेको छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेमा लामिछानेले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने हुन्छ । तर उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेमा भने थुनामुक्त रही थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्