सत्ता गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धनले अबका पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जानकारी दिए ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/ नहुनेबारे निर्णय लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array