एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्