राप्रपाले लेवीस्वरुप प्रतिसांसद २० हजार उठाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लेवीस्वरुप प्रतिसांसद रु २० हजार उठाउने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

त्यस्तै प्रदेशको सांसदहरुको हकमा भने १० देखि १५ हजारसम्म उठाउने अथवा प्रदेशबाट प्राप्त हुने सुविधाका आधारमा लेवी उठाउने निर्णय भएको बताइएको छ ।

प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा जम्मा २८ सांसद रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्