लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

- Advertisement -
Ad imageAd image
हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्