सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी बैठकमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल चलिरहेको छ।

मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रमलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसहित सातजना मन्त्रीले एकै दिन शपथ लिएका थिए। तीमध्येका चार मन्त्रीको मन्त्रालय अझै तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्

Array