राष्ट्र बैंकले रिपोमार्फत ५० अर्ब पठाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
नेपाल राष्ट्र बैंकले बैकिङ प्रणलीमा तरलता व्यवस्थापन गर्न साधारण प्रकृतिको रिपोमार्फत ५० अर्ब ४५ दिनको लागि पठाउने भएको छ । पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने र राष्ट्र बैंकले पुर्नकर्जा नवीकरण नगर्दा प्रणालीमा थप दबाब पर्न सक्ने भएकाले रिपोमार्फत बैकिङ प्रणालीमा तरलता पठाउन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । आन्तरिक ऋण परिचालन गर्न पनि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधामार्फत (एसएलएफ) सापटी लिनुपर्ने अवस्था सिर्जना हुने भएपछि राष्ट्र बैंकले उक्त मौद्रिक औजारमार्फत तरलता पठाउन लागेको जानकारी दिएको छ । यस्तो रिपो बिहीबार १४ बोलकबुल हुने र यसको अवधी ४५ दिनको हुने बैंकले जनाकारी दिएको छ

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्