काठमाडौँँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् ।
राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘राष्ट्रपति पदमा जान्न भनेको छु । अरु नियुक्तिहरुमा पनि जाने कुनै योजना छैन ।’


प्रतिक्रिया दिनुहोस्