काठमाडौँँ – नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।
बुधबार अधिकांश उपसूचकहरु राताम्य रहे । वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र द्यौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, सृजनशील लघुवित्तको समेत सर्किट लेबलमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्