जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।

- Advertisement -
Ad imageAd image

एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्