अर्थमन्त्री विष्णु पौडेल र आन्दोलनरत व्यवसायीबीच छलफल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेल र आन्दोलनरत उद्योगी व्यवसायीबीच अहिले पौने १ बजे छलफल हुने भएको छ।

अर्थमन्त्री पौडेलले कार्यभार सम्हाले लगत्तै मंगलबार आन्दोलनरत उद्योगी व्यवसायीलाई छलफलमा डाकेका थिए।

- Advertisement -
Ad image

अर्थमन्त्रालयमा हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले नेतृत्व गर्दैछिन्। उनीसहित विराटनगर, भैरहवा, वीरगंज र नेपालगंजका व्यवसायी सहभागी हुँदैछन्।

चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगितको माग गर्दै विभिन्न ठाउँका उद्योगी आन्दोलनमा उत्रिएका थिए।

नयाँ सरकार बनेपछि समस्या समाधानको पहल गर्ने प्रतिवद्धतासहित उनीहरुले आन्दोलन स्थगन गरेका हुन्। आन्दोलनरत उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग बुधबार विहान भेटिसकेका छन्। प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका माग संबोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्