प्रधानमन्त्री प्रचण्ड, नेपाल र यादवबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।

हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागिता जनाउने बारे छलफल भएको हो। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

- Advertisement -
Ad imageAd image
पुरानो सत्ता गठबन्धन तोडेर नयाँ गठवन्धन बनाएका प्रचण्ड तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री बनेका छन्। प्रचण्डको पछिल्लो कदमप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल असन्तुष्ट थिए।

आफूहरुसँग छलफल नै नगरी नयाँ गठबन्धन बनाएको नेपालले बताएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्