जसपा संसदीय दलको निर्वाचन आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन आज हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २:३० बजेदेखि ३:३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् ।

यद्यपि संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएको सो पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादव पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: