युक्रेनले रुसी प्रस्ताव नमाने रुसी फौजले निर्णय गर्छ: विदेशमन्त्री लाभरोभ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
2 Min Read
Aa

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रुसी प्रस्ताव पूरा नगरे रुसी फौजले निर्णय गर्ने चेतावनी दिएका छन् । उनले युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्ताव किभले अस्वीकार गरिरहेको पनि बताएका छन् ।

लाभरोभलाई उद्धृरित गर्दै रुसी समाचार एजेन्सी तासले लेखेको छ, “युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्तावहरू किभलाई सर्वविदितै छ । तसर्थ युक्रेनले आफ्नो भलाइका लागि हाम्रा प्रस्तावलाई पूरा गर्नुपर्छ । अन्यथा रुसी फोजले निणर्य गर्नेछ । हाम्रो प्रस्तावहरू भनेका युक्रेनी सरकारबाट नियन्त्रित भूभागहरूको निशस्त्रीकरण र गैर फासीवाद गर्नु तथा हाम्रा भूमिहरू लगायत त्यहाँका अन्य क्षेत्रबाट रुसको सुरक्षामा आइरहेको खतराको अन्त्य गर्नु रहेका छन् ।”

- Advertisement -
Ad imageAd image
मस्कोले युक्रेनमाथिको आफ्नो आक्रमणलाई आफ्नो छिमेकी राष्ट्रलाई निशस्त्रीकरण र गैरनाजीकरण गर्नका लागि भइरहेको ‘विशेष सैनिक कारबाही’ बताउँदै आएको छ । तर, किभ र त्यसका गठबन्धन पश्चिमी समर्थकहरूले यो रुसको साम्राज्यवाद शैलीको भूभाग हडप्ने आक्रमणको रूपमा लिने गरेका छन् ।

गत सेप्टेम्बरमा तथाकथित जनमत संग्रह आयोजना गरी रुसले युक्रेनका चारवटा प्रान्त दोनेत्स्क, लुहान्स्क, जापोरिझझिया तथा खेर्सोन आफ्नो भूमिमा गाभिएको घोषणा गरेको थियो । तर, किभ र त्यसका गठबन्धनले रुसको सो कदम बहानाबाजी र अवैध भएको बताएका थिए ।

लाभरोभले तासलाई बताएका छन्, “कति लामो समय समम युद्ध चल्ने भन्ने सवाल उठ्दा बुझ्नुपर्ने के हो भने अहिले बल युक्रेन सरकारको कोर्टमा रहेको छ र वासिङटन त्यसको पछाडि उभिएको छ ।”

युक्रेन युद्धको अन्त्य हुने संकेत देखिँदैन । एघार महिना लामो यस युद्धमा हजारौँले ज्यान गुमइसकेका छन् भने लाखौँ मानिस विस्थापित हुन बाध्य भएका छन् । साथै ठूला ठूला सहरहरू भग्नावशेषमा परिणत भएका छन् ।

रोयटर्सबाट ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्