पुराना कुरा फच्चे भए, प्रचण्डलाई बोक्न तयार छु : सूर्य थापा, नेता – नेकपा एमाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

नेकपा माओवादी केन्द्र पार्टी र त्यसका अध्यक्ष प्रचण्डका कडा आलोचक मद्धे एक एमाले नेता सूर्य थापाले नयाँ परिवेशमा प्रचण्डलाई बोक्न तयार भएको बताएका छन् । उनले पुराना कुरा फच्चे भएको समेत बताए ।

आज एक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले आफू पहिला प्रचण्डसँग ब्यापक रूपमा लडेको मान्छे भएको भन्दै उनले अहिले कुरा मिल्दा बोक्नसमेत तयार भएको बताएका हुन् । थापाले भने ‘कुरा नमिल्दा लडेकै पनि हो। कुरा मिल्दा बोकेर हिँड्ने पनि हो। अब ३० दिनपछि विश्वासको मत दिन्छु, पार्टीको निर्णय अनुसार दिने हो। पार्टीको संस्थागत प्रक्रियालाई बोकेर हिँड्ने हो।’

- Advertisement -
Ad image

थापाले केही समयअघि बुटवलमा भएको कार्यक्रममा प्रचण्डलाई प्रधानमन्त्री बनाउन पार्टीले प्रस्ताव गरेको खण्डमा आफूले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।  जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । थापाले उक्त भिडियो भाइरल बनाउदै अनेकथरि प्रतिक्रिया लेख्ने सँग असन्तुष्टि व्यक्त गरे । थापाले सभ्य भाषामा असन्तुष्टि जनाउदै भने ‘मैले सामाजिक सञ्जालमा पुरानो लयमा फर्केर बालकोट पुगेपछि सहमति भनेर लेखेको छु, सूर्य थापाले कहिले कहिले नोट अफ डिसेन्ट लेख्छ भन्नेहरू पनि छन्। तिनीहरूले राजनीतिलाई कन्टेस्टमा बुझुन् भन्ने मेरो आग्रह हो।’

थापाले बालकोटको बार्दलीमा दुईजना नेताले अभिवादन गरेपछि पुराना कुरा फच्चे भएको समेत  बताए । थापाले भने “केपी ओलीलाई बालकोटको बार्दलीमा पुर्याइयो भन्नेहरू अहिले सोही बार्दलीमा पुगेर अभिवादन गरेपछि सबै पुराना कुरा फच्चे भए ।

 थापाले प्रचण्डले ढिलाई भएपनि सहि निर्णय गरेको भन्दै प्रसंसा समेत गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्