बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।

- Advertisement -
Ad imageAd image

सो टोलीले आइतबार केसीको साथबाट ३५ तोला सुन, २५ लाख रुपैयाँको चेक बरामद गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने डीआईजी राईले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्