आज सुन ताेलाकै एक लाख ७०० रुपैयाँ पुग्याे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – मंगलबार सुनको भाउ महंगिएको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको थियो ।

साताको तेश्रो दिन, चाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । शुक्रबारदेखि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: