जनतामा आशा र भरोसा बढेको छः प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदबहाली पछि बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको जटिलतालाई सुधार गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गम्भीर ढंगले सुशासनतर्फ अघि बढ्ने बताएका हुन् । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताएका छन् ।
यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताए । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताएका छन् । यस्तै नव गठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।
थुप्रै जटिलता र चुनौतीहरु भए पनि जनतामा आशा र भरोसा बढेको देखिएको उनले बताए । उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’
अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array