सहुलियतपूर्ण कर्जाले ९२.९८ प्रतिशतको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन : राष्ट्र बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सर्वेक्षणमा सहभागीहरुले उद्योग–व्यवसायमा गरेको जम्मा लगानीमा सहूलियतपूर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जसमा सबैभन्दा ठूलो अंश बर्दिया जिल्लामा ६८.१० प्रतिशत रहेको छ ।

त्यसैगरी बाँके जिल्लामा ३४.५० प्रतिशत र दाङ जिल्लामा ६३.१३ प्रतिशत रहेको छ। ‘सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगले प्रवाह भएको देखिएको छ। केही कागजी प्रक्रियाबाहेक अन्य झन्झट खासै देखिएको छैन। सर्वेक्षणमा ७३.८८ प्रतिशतले सहजरुपमा कर्जा प्राप्त गरेको देखिएका छ’, प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गतका बाँके, बर्दिया र दाङ जिल्लामा सहूलियतपूर्ण कर्जा सर्वसाधारणको पहुुँचसम्म पूगेको पाइएको राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणमा सर्वसाधारणले पनि सहुलियतपर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्ने सहभागीहरु ८९.०४ प्रतिशत देखिएका छन् भने पहुँचवालाले मात्र सहुलियतपूर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्ने सहभागीहरु १०.९६ प्रतिशतमात्रै देखिएका छन्।

- Advertisement -
Ad imageAd image

सहुलियतपूर्ण कर्जाबाट ९२.९८ प्रतिशत सहभागीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ भने ७.०२ प्रतिशत सहभागीहरुको आर्थिक अवस्था उस्तै रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार उक्त जिल्लाहरुमा सहुलियतपूर्ण कर्जाबाट शिक्षा, स्वास्थ्यलगायत दैनिक उपभोगका वस्तुहरुको गुणस्तरमा परिवर्तन आएको अनुभूति गर्ने सहभागीहरु ९६.०६ प्रतिशत रहेका उल्लेख छ। ३.९४ प्रतिशतले मात्रै परिवर्तनको अनुभूति नभएको बताएका छन्।

त्यसैगरी सर्वेक्षणमा सहुलियतपूर्ण कर्जा शिक्षा, स्वास्थ्य, पुरानो ऋण तथा अन्य घरायासी खर्चमा प्रयोग नगर्ने सहभागीहरु ९५.५१ प्रतिशत रहेका छन् भने ४.४९ प्रतिशतले आंशिक रुपमा अन्य कार्यमा प्रयोग गरेको उल्लेख गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्