काठमाडौँ – शेयर बजारद्वारा नयाँ सरकारको स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै नेप्से सूचकमा ३ प्रतिशत माथिले बढ्दै १९ सयको बिन्दु चुमेको हो । सेयर बजार परिसूचक नेप्सेले सोमबार आधा शतक पुरा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ५६.८६ अंकले बृद्धि हुँदै १९२४.०७ अंकमा उक्लिएको छ भने २ अर्ब ९ करोड ७० लाख रूपैयाँ माथिको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ । अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् ।


प्रतिक्रिया दिनुहोस्