दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – दक्षिण अफ्रिकाको बोक्सबर्गमा  ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विस्फाेटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।

ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विस्फाेट भएको अधिकारीहरूले बताएका छन् ।

- Advertisement -
Ad imageAd image

घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताउनुभएको छ । विस्फाेटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगामी साता सार्वजनकि गरिनेछ । सिन्ह्वा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्