देउवाद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्