बाबुरामले दिए प्रचण्डलाई बधाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्।

प्रचण्डलाई भेटेर बाबुरामले बधाई दिँदै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्तावसमेत राखेका हुन्। प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोमबार बिहान बाबुरामले प्रचण्डलाई भेटेका छन्।

- Advertisement -
Ad imageAd image

आज बिहान खुमलटार पुगेर डा.भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।

प्रचण्डसँगको भेटपछि डा. भट्टराईले लेखेका छन् क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना !क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !’

प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्