काठमाडौं – मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ । केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।
“विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,” कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।”


प्रतिक्रिया दिनुहोस्