इस्टर्न ओपन गल्फ मंगलबारबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने भएको छ ।

नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।

- Advertisement -
Ad image
तीन दिने प्रतियोगिता धरानस्थित धरान गल्फ क्लबमा हुनेछ  ।

प्रतियोगितामा प्रोफेसनल शुक्र बहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई, संजय लामा, धन थापा लगायत प्रो र एमेच्योर गल्फरको सहभागिता रहने छ ।

विजेताले १ लाख ४० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार पाउनेछन् ।

यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: