चिसोबाट बँच्ने उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ –काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ। तराईका जिल्लाहरूमा शितलहर चलेको छ।

 चिसोबाट बच्न कसरी घरेलु उपायहरू अपनाउने

- Advertisement -
Ad imageAd image
चिसोको बेलामा झोलिलो पदार्थ धेरै खाने गर्नुपर्छ। चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउनुपर्छ। यस्तै आगो ताप्ने, तेल मसाज गर्ने गर्दा पनि चिसोबाट बच्न सकिन्छ।

बालबालिकालाई तेल मसाज गरिदिने, मर्निङ वाक नगर्ने।

चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ। तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केहीमात्रामा दूध चिया पनि खान सकिन्छ। लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ।

बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ। एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ।

यसर्थ, न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ। बालबालिकालाई उनको टोपी लगाउँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ। त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ।

आगो ताप्दा पनि चिसोको असर कम हुन्छ। दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन।

चिसो समयमा शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन्। तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ। सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ।

चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो। चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन्। त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ।

बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ। तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ। पसिना आएमा कपडा फेरिदिनुपर्छ।

चिसोबाट घरेलुरुपमा बच्ने कोसिस गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: