नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ लिँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनेछिन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अपराह्न ४ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।

सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित दाबी पेस गरेपछि आइतबार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array