नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सभापति र संसदीय दलको नेताबाट शेरबहादुर देउवाको माग गरेका छन् । घिमिरेले एक ट्विट गर्दै राजिनामा नदिए चाडै बिशेष महाधिवेशनको माग गर्ने समेत उल्लेख गरेका छन् ।
उनको ट्विट जस्ताको त्यस्तै:
“ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ”।
घिमिरे गगन थापा निकट नेता मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्