नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको संविधानको धारा ७६ (२) अनुसार ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको थियो ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ , नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ०३ सहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।




प्रतिक्रिया दिनुहोस्