नेकपा एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको गठबन्धन सकिएको ठहर गरेको छ । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले अब नयाँ सरकार गठन लगायतका घटनाक्रम हेरेर थप निर्णय लिने बताएको छ ।
एकीकृत समाजवादीको बैठकले पूर्व सहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष समेत निकालेको छ । पहिला प्रधानमन्त्री को हुने भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्