सरकार बनाउन प्रचण्डद्वारा राष्ट्रपति समक्ष दाबी पेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता  पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको थियो ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले ७८, माओवादी केन्द्र  ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सहित १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्