नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई धोका भएको टिप्पणी गरेका छन्।
बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा सम्बन्धमा सोधिएको प्रश्नमा पौडेलले भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो।’
यता बालकोट बैठकले प्रचण्डलाई आलोपालो अन्तर्गत पहिलो चरणको अढाई बर्ष प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । संभवत: प्रचण्ड आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्