एमाले अध्यक्ष ओली र प्रचण्ड लगायत नेताहरू प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपति निवासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको थियो ।

- Advertisement -
Ad imageAd image

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको बताइएको छ । यसको औपचारिक घोषणा भने बहेको छैन ।

श्रोतका अनुसार प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले ७८, माओवादी केन्द्र  ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सहित १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्