नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । पहिलो प्रधानमन्त्री को हुने भन्ने सहमति सहमति हुन नसकेपछि गठबन्धन टुटेको पौडेलले बताए । पौडेलका अनुसार कांग्रेसले सरकारको नेतृत्वको दावी नछोडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेका थिए ।
पौडेलले थपे ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन’ ।
गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए । पौडेलको सत्तागठबन्धन बाट राष्ट्रपति बन्ने चर्चा थियो ।


प्रतिक्रिया दिनुहोस्