बारामा गोली प्रहारबाट मारिएका भारतीय नागरिकमाथि हत्यासहित एक दर्जन मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

बारा– नेपाल प्रहरीका अनुसार बारामा गोली प्रहारबाट हत्या भएका भारतीय नागरिक शिवपुजन प्रसाद यादव आपराधिक गिरोहका नाइके रहेका छन् । अनुसन्धानको क्रममा उनी कुख्यात अपराधी तथा आंतकवादी गतिविधिमा संग्लन रहेको खुलेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएको छ । उनकाअनुसार शिवपुजनको हत्या घटनामा बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ‘शिवपुजन भारतमा धेरै जनाको हत्या र अपराधिक घटनामा संग्लन भएर नेपालका लुक्न आएको देखिन्छ, पछिल्लो समय उनले जग्गा विवादमा छौडादानो ग्राम पञ्चायतका उपप्रमुख तथा आफ्नै ठूलो बुवाको छोरा रमेश यादवको हत्या गरेर भाग्ने क्रममा बारामा लुक्नको लागि आएका थिए ।

अनुसन्धानको क्रममा यादव ‘नक्सलाइट’ समूहको नेता भएको र भारतमा विभिन्न व्यक्तिको हत्या तथा अपराधिक घटनामा संग्लन रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाकारी दिएको छ । यादवको शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियापुरस्थित भुतही पुल नजिकै २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहले गोली हानी हत्या गरेर फरार भएको जानकारी दिएको छ ।
मृतक शिवपुजनविरुद्ध भारतको छौडादानो, घोडासहन, मोतीहारी, लगायतका स्थानमा डकैती,ज्यान मार्ने उद्योग,लुटपाट, हात हतियार सम्वन्धी एक दर्जन भन्दा बढी मुद्दा रहेका अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: