कार्पेट र अलौची लगायतका उत्पादनहरुको निर्यातमा वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– गत वर्षको तुलनामा यस वर्ष तेल बाहेकका आन्तरिक उत्पादन बस्तुको निर्यातमा केहि मात्रामा भएपनि सुधार आएको छ । नेपालबाट भारतमा उच्च तेल निर्यात हुुँदा गत वर्ष नेपालको निर्यात मूल्य २ खर्ब नाघेको थियो । यस वर्ष तेलमा सुधार नआए पनि कार्पेट र अलौची लगायतका उत्पादनहरुको निर्यातमा वृद्धि भएको देखिन्छ ।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ४ अर्ब ७८ करोड ३१ लाख रुपैयाँको करिब २ लाख स्क्वायरमिटर कार्पेट निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा नेपालबाट ३ अर्ब ७३ करोड ५२ लाख रुपैयाँको १ लाख ८२ हजार स्क्वायरमिटर कार्पेट निर्यात गरेको थियो ।

साथै नेपाली अलैंचीको निर्यात पनि यस वर्ष बढेको छ । गत वर्ष २ अर्ब १ करोड १५ लाख रुपैयाँको निर्यात गरेकोमा यो वर्ष २ अर्ब ७२ करोड ८२ लाख रुपैयाँको निर्यात भएको छ । फेल्ट २ अर्ब २३ करोड ७२ लाख ९९ हजार रुपैयाँको निर्यात गरेको छ ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी, पाँच महिनाको अवधिमा २ अर्ब १४ करोड ६१ लाख रुपैयाँको चिया, १ अर्ब ६० करोड ८७ लाख रुपैयाँको धागो, १ अर्ब ५९ करोड ४६ लाख रुपैयाँको जुस, १ अर्ब ५४ करोड १७ लाख रुपैयाँको टेक्सटायल तथा फ्याब्रिक, १ अर्ब ५२ करोड ११ लाख ७५ हजार रुपैयाँको सिंगल यार्न। १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँको सल, स्कार्फ, मफलर र १ अर्ब १० करोड १० लाख रुपैयाँको कुकुर तथा बिरालोको दाना निर्यात गरेको छ ।

नेपालले पाँच महिनाको अवधिमा सबैभन्दा बढी विराटनगर भन्सार कार्यालयबाट वस्तु निर्यात गरेको छ । विराटनगरबाट नेपालले १९ अर्ब ४३ लाख ५४ हजार रुपैयाँको वस्तु निर्यात गरेको हो ।

त्यसैगरी, १७ अर्ब ११ करोड ९१ लाख रुपैयाँको वीरगञ्जबाट, १५ अर्ब २२ करोड ४६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट, ८ अर्ब ५४ करोड २ लाख रुपैयाँको मेचीबाट र ३ अर्ब १२ करोड ८९ लाख रुपैयाँको वस्तु भैरहवा भन्सार कार्यालयबाट निर्यात गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: