सत्ता गठबन्धनको बैठक आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएपछि आज पुनः बस्ने भएको छ । आजको बैठकले आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट को पहिला प्रधानमन्त्रि बन्ने टुंगो लगाउने जानकारी दिएको छ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल आज नै टुंगाउनु पर्ने हुन्छ ।
अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने गठबन्धनका नेताको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array