सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम समय आज पाँच बजेसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन साँझ पाँच बजेसम्म रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आजदेखि सकिने छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् । दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले अझै सहमति जुटाउन सकिरहेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो अझै लागिसकेको छैन ।

गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन ।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास नगरे पनि माओवादि र काङ्ग्रेसका नेताहरुसँग भने अनौपचारिक छलफल गरिरहेको छ । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array