सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौंं–
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको जानकारी दिएको छ । जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तीव्र बनेको छ।
उनले प्रधानमन्त्री कुन पार्टिबाट पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताएका छन् । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए। अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने उनले दाबी गरे ।
जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ। प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण हो। मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ।’

प्रतिक्रिया दिनुहोस्

Array