नेपाल टी-ट्वान्टी लिग आजबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ  – पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदैछ ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ ।

उद्घाटन खेलमा काठमाडौँ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १:१५ बाट सुरु हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौँनाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array