सिक्किममा सेना चढेको गाडी दुर्घटना, १६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – भारतको सिक्किममा आज शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array