एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो ।

- Advertisement -
Ad imageAd image

विशेष अदालतले उनीहरूलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुँदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्