काभा यु-२३ पुरुष भलिबल: नेपालको लगातार दोस्रो हार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – बङ्लादेशमा जारी काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।  श्रीलंकाविरुद्ध नेपाल पहिलो सेट २६-२४ ले, दोस्रो सेट २५-१८ ले र तेस्रो सेट १७-२५ पराजित भयो ।

- Advertisement -
Ad imageAd image

यसअघि पहिलो खेलमा नेपाल घरेलु टिम बाङ्लादेशसंग ३-० को सोझो सेटमा पराजित भएको थियो ।  बिहीबारदेखि सुरु भएको  च्याम्पियनसिप ११ सम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।  नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्