दायित्वबाट पन्छिन नमिलेर राजीनामा नदिएको हुँ : पर्यटन मन्त्री श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजीनामा नदिएको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेकाले आफूले राजीनामा नदिएको स्पष्ट पारे।

- Advertisement -
Ad image

उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान् बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए। उनले नैतिकताको विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्त्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए।

मन्त्रालय मन्त्री श्रेष्ठले चुनावी सरकारले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नै आफ्नो दायित्व पूरा हुनेकुरा संविधानले परिकल्पना गरेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्