चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्‍याइएको छ ।

जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको हो।

- Advertisement -
Ad image

अध्यागमन विभागका अधिकारीहरूका अनुसार शोभराजलाई अब कहिल्यै नेपाल फर्किन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भइरहेको छ।

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो।

उनलाई अब अध्यागमनमार्फत निष्कासन गरिनेछ। साथै, उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ।

जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्