विराटनगरका उद्योगी दोस्रो दिन धर्नामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

विराटनगर – चर्को ब्याजदरविरुद्धमा विराटनगरका उद्योगी व्यवसायीले आज पनि धर्ना दिएका छन् ।

राष्ट्र बैंक कार्यालयको प्रवेशद्वार अगाडि भेला भएका उद्योगी व्यवसायीले बिहानैदेखि विरोधका कार्यक्रम सुरु गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघले सुरु गरेको आन्दोलनाई अन्य व्यावसायिक र पेषागत संगठनको पनि साथ रहेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले चर्को ब्याजका कारण उद्योग, कलकारखाना र व्यवसाय नै संचालन गर्न नसक्ने अवस्था आएका कारण आफूहरु सडक संघर्षमा गएको बताएका छन् । “राष्ट्रबैंकले आफूहरुको पक्षमा निर्णय नगरुन्जेलसम्म आन्दोलनलाई निरन्तरता दिने तयारी गरेका छौं,” रिजालले भने ।

उद्योग संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले आफूहरु व्यवसाय बचाउने उद्देश्यसाथ सडक आन्दोलनमा आएको बताए । स्थिर ब्याजदरको साटो बैंकले मनलाग्दी ढंगले दोहोरो अंकमा ब्याज असुल्दा व्यवसाय नै चौपट भएको राठीले सुनाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: