साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।

रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्।

- Advertisement -
Ad imageAd image
स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको उल्लेख गरेको छ।

रोनाल्डोले अल नसरसँग ७ वर्षको सम्झौता गर्ने समाचारमा उल्लेख गरिएको छ। रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो केही समयदेखि क्लब बिहीन बनेका थिए।

३७ वर्षीय रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै घर फर्किएको थियो।

क्वाटरफाइनल खेलको पहिलो हाफमा उनलाई बेन्चमा राखेको भनेर पोर्चुगलका प्रशिक्षकको चर्को आलोचना भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्